सरकारले किनेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

सरकारले किनेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

९ फागुन, काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड- १९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको हो । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको छ ।

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । सरकारले सिरम इन्स्चिट्युटसँग फेब्रुअरी १७ मा २० लाख डोज खरिद गर्ने सम्झौता गरेको थियो । त्यसमध्ये १० लाख डोज आइतबार आइपुगेको हो ।

- ९ फाल्गुन २०७७, आईतवार १५:०७ मा प्रकाशित