प्रचण्ड-नेपालले ६८ जिल्लामा अध्यक्ष र सचिवको गर्यो छनोट

प्रचण्ड-नेपालले ६८ जिल्लामा अध्यक्ष र सचिवको गर्यो छनोट

१० फागुन, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले ६८ओटा जिल्लामा अध्यक्ष र सचिवको चयन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको हो, त्यस पछि ओली र प्रचण्ड-नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्।

प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन्।र्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्। नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ।

काठमाडौं अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मा छन् भने ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा र सचिव राजकाजी महर्जन छन्।

गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ।

- १० फाल्गुन २०७७, सोमबार १३:२५ मा प्रकाशित