१० दिनपछि तातोपानी नाका पुनः सञ्चालनमा

१० दिनपछि तातोपानी नाका पुनः सञ्चालनमा

१० फागुन, काठमाडौं । ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । १ हप्तादेखि बन्द भएको नाका खुलेसँगै अब भने व्यवसायीहरुको माग अनुसार सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । नाका खुलेसँगै अब नेपाल भित्रिने कन्टेनरको कोटा पनि हटेको खत्रीले जानकारी दिए । नाका भएर माल वस्तु आयातका काम ढुक्क भएर गर्न चिनियाँले पक्षले आग्रह गरेको भन्दै उनले नेपाली व्यवसायीलाई पुनः व्यापार सुरु गर्न आग्रह गरे ।

- १० फाल्गुन २०७७, सोमबार १६:३२ मा प्रकाशित