नायक पल शाहले आफ्नो जन्मदिनमा गरे बिहेको कुरा

नायक पल शाहले आफ्नो जन्मदिनमा गरे बिहेको कुरा

नायक पल शाहले सोमबार आफ्नो ३० औं जन्मदिन मनाए । उनले जन्मदिनको अवसरमा चितवनमा ‘सभ्यताको घर’को पनि उद्घाटन गरेका छन् । सामाजिक सेवामा पनि सक्रिय रहेका शाहले आफूले भने घर बनाएपछि बिहे गर्ने बताउँछन् । लकडाउनपछि दैनिक रुपमा म्यूजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्यूजिक भिडियो खेल्नुको कारण घर बनाउनकै लागि रहेको जनाइन्छ ।

शाहले अब बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारीमा रहेको उनले भनेका छन् । इन्जिनियरहरुसँग बसेर घरको डिजाइन लिए पछि काम सुरु गर्छु’शाहले बताए । ‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहँदा शाहले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताए । पहिला सबै बन्दोबस्त मिलाउने अनि बिहे गर्ने योजना रहेको उनले बताए ।

म्यूजिक भिडियोमा काम गरिरहेका केही मोडलहरुसँग नाम जोडिने गरेको छ । पछिल्लो समय उनको नाम मोडल गरिमा शर्मासँग जोडिएको छ । गरिमासँगको प्रेम चर्चाको बिषयमा पलले भने–‘हामीविच प्रेम सम्बन्ध छैन । हामी एक अर्कालाई सम्मान गर्छौ । दुबैले राम्रो काम गरेपछि दर्शकले केमेष्ट्री मन पराउनु स्वभाविक नै हो ।’

- ११ फाल्गुन २०७७, मंगलवार १३:१८ मा प्रकाशित