महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ ३७ हजार ५ सयले पाए

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ ३७ हजार ५ सयले पाए

१४ फागुन, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) ३७ हजार ५ सय लगानीकर्ताले हात पारेका हुन् । शुक्रबार बिहान भएको बाँडफाँटमा गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको छ ।

कम्पनीको शेयर १५३ जना कर्मचारीका लागि ५ हजार कित्ता सेयर बाँडफाँड भएको छ । सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट भएको कम्पनीले जनाएको छ । महिला लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आईपीओमा आवेदन दिएकामध्ये मात्र २ प्रतिशत लगानीकर्ताले आईपीओ हात पारेका हुन् । महिला लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको छ

आईपीओमा कुल २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयरको माग भएको थियो । जसमध्ये ५४ हजार ९६० कित्ता दोहोरो आवेदनका कारण रद्द गरिएको हो । लघुवित्तले प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

- १४ फाल्गुन २०७७, शुक्रबार १३:२१ मा प्रकाशित