उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

कञ्चनपुर, १६ फागुन(रासस) :

लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध किसानलाई कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो ।

कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई कृषियन्त्र र उपकरण अनुदानमा वितरण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बताउनुभयो ।

उहाँका अनुसार किसानलाई पावर टिलर, मिनी टिलर, रेजर, रोटाभेटर, सिँचाइका लागि पम्पसेटलगायत उपलब्ध गराइएको छ । यसका अतिरिक्त बीउबिजन, विषादी, रासायनिक मलसमेत किसानलाई उपलब्ध गराइएको छ ।

- १६ फाल्गुन २०७७, आईतवार ०७:२२ मा प्रकाशित

मेहनतले मेलम्ची सफल भयो

रासायनिक मलको अभाव छैन

रासायनिक मलको अभाव छैन

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

कुखुरा रोग नियन्त्रण गर्न खोप

कुखुरा रोग नियन्त्रण गर्न खोप