सरकार र विप्लव समूह बिच तीन बुँदे सहमति

सरकार र विप्लव समूह बिच तीन बुँदे सहमति

२० फागुन, काठमाडौं ।  सरकार र नेत्रविक्रम चन्द विप्लव समूह बिच तीन बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो । सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

सहमतिअनुसार विप्लव समूहका नेता कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ ।

सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रेस नोट

- २० फाल्गुन २०७७, बिहीबार ११:३० मा प्रकाशित