मृत्युदण्ड पर्खिरहेकी अलीको मुस्कुराइरहेको तस्बिर भाइरल

मृत्युदण्ड पर्खिरहेकी अलीको मुस्कुराइरहेको तस्बिर भाइरल

फागुन २१ , काठमाडौं । मृत्युदण्ड पर्खिरहेकी अली मुस्कुराइरहेको तस्बिर सामाजिक संजालमा भाइरल भएको छ । भारतको उत्तर प्रदेशको अमरोहाको बावनखेडी निवासी शबनम अलीलाई हालै आफ्नो परिवारका ७ जनाको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

शबनमलाई रामपुर जेलमा राखिएको थियो । सोमबार उनलाई बरेली जिल्ला जेलमा सारिएको थियो। रामपुर जेलबाट सामाजिक सञ्जालमा शबनमको मुस्कुराइरहेको फोटो भाइरल भयो । यस विषयमा अनुसन्धानपछि दोषी ठहर भएका दुई प्रहरीलाई निलम्बन गरिएको छ ।

शबनमले सन् २००८ अप्रिल १५ मा आफ्नो प्रेमी सलीमसँग मिलेर आफ्ना पिता शौकत अली, आमा हाशमी, दाजु अनिस अहमद, उनकी पत्नी अंजुम, भतिजी रबिया र भाइ राशिदको हत्या गरेकी थिइन् । साथै अनिसका १० महिने छोरा अर्शको पनि हत्या भएको थियो ।गरिएको थियो ।

अनुसन्धानमा शबनम गर्भवती भएको खुलासा भएको थियो । तर परिवार सलिमसँग विवाह गर्न तयार थिएन । यही कारण शबनमले प्रेमी सलिमसँग मिलेर सिंगो परिवारको हत्या गरेकी थिइन् ।

- २१ फाल्गुन २०७७, शुक्रबार १२:१८ मा प्रकाशित