महाशिवरात्रिका अवसरमा निःशुल्क भोजन तथा स्वास्थ्य शिविर

महाशिवरात्रिका अवसरमा निःशुल्क भोजन तथा स्वास्थ्य शिविर

काठमाडौँ, २७ फागुन (रासस) :

महाशिवरात्रिका अवसरमा यहाँस्थित पशुपतिनाथ मन्दिर प्राङ्गणमा सुडी समाज काठमाडौँले आज निःशुल्क भोजन तथा स्वास्थ्य शिविरको आयोजना गर्यो।

शिविरमा एक हजारभन्दा बढीलाई निःशुल्क भोजन गराइएको समाजको महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीजे जानकारी दिनुभयो ।

यसैगरी समाजको स्वास्थ्य उपसमितिद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब दुई सयभन्दा बढीलाई स्वास्थ्य उपचार गरी निःशुल्क औषधि वितरण गरियो । शिविर निःशुल्क दन्तसेवा उपचार पनि गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै समाजका अध्यक्ष डा. अशोक महासेठ, वरिष्ठ उपाध्यक्ष ईञ्जिनीयर उमाशंकर साह, महासचिव शीतलप्रसाद महतो र सचिव शङ्कर साह सुडीलगायतका वक्ताले सामाजिक सेवामा समाज क्रियाशील रहेको बताउनुभयो ।

- २७ फाल्गुन २०७७, बिहीबार २०:५२ मा प्रकाशित