माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु हुँदै

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु हुँदै

चैत ४, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ।

ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेला भोलिसम्म सञ्चालन हुने छ । भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेता÷कार्यकर्ता सहभागी हुनेछन् ।

एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेका थिए । त्यसयता एमालेमा विभाजन देखापरेको हो।

नेपाल पक्षले गत फागुन २८ का सबै निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ भने ओलीले त्यसलाई परिवर्तन गर्न नसकिने अडान लिएको छ ।

- ४ चैत्र २०७७, बुधबार १०:३८ मा प्रकाशित