एमालेमा गुट सुरू गर्ने काम केपी ओलीले गरे: खनाल

एमालेमा गुट सुरू गर्ने काम केपी ओलीले गरे: खनाल

चैत ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा गुट सुरू गर्ने काम केपी ओलीले गरेको आरोप लगाएका छन्।

बुधबारदेखि राजधानीमा सुरू भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा गुट सुरु गर्ने केपी ओली भएको भन्दै मदन भण्डारी फाउन्डेसनमार्फत उनले नै गुटको सुरूवात गरेको दाबी गरे।

उनले पछिल्लो समय पार्टीमा आएको समस्या पनि ओलीकै कारण आएको बताए।

पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले केपी शर्मा ओलीले यो तीन वर्षमा स्वयं भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन्। उनले महत्वपूर्ण नियुक्तिमा पनि प्रधानमन्त्री ओलीले आफ्ना धुपौरेहरुलाई मात्रै गरेको खनालको आरोप छ।

प्रधानमन्त्री ओलीले विवादस्पद विधेयक ल्याएको र ती विधेयक ल्याउँदा पार्टीसँग कुनै सल्लाह नगरेको खनालले स्पष्ट पारे। उनले पछिल्लो समय प्रधानमन्त्री ओलीले बैठकहरुसमेत नराखेको गुनासो पोखे ।

उनले पार्टीको संगठनात्मक अवस्थामा अराजकता नै अराजकता भएको बताउँदै आफूहरू पार्टी एकता जोगाउने काममा लागिपरेको सुनाए।

- ४ चैत्र २०७७, बुधबार १३:१७ मा प्रकाशित