ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड, ५ लाख ९४ हजारलाई पर्‍यो

Bichar Desk 4
Breaking News, अर्थ
ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड, ५ लाख ९४ हजारलाई पर्‍यो

१३ चैत, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ)को शुक्रबार बाँडफाँड भएको छ । ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे आईपीओ बाँडफाँड गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँड भएको आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।

ज्योति लाइफको आईपीओमा लगानीका गरेका व्यक्तिले आईपीओ रिजल्ट आईपीओ निष्काशन गर्ने सम्बद्ध कम्पनी ज्योति लाइफ इन्स्योरेन्सको वेवसाइट, सिडिएस एण्ड क्लियरिङको ‘मेरो शेयर मोबाइल एप’ र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सक्नेछन् ।

- १३ चैत्र २०७७, शुक्रबार १३:१७ मा प्रकाशित