अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक

Bichar Desk 4
खेलकुद
अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक

२२ चैत, काठमाडौं । कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् । चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ ।

उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ । नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट खेल्दैछ । एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अब्दुल्लाहले यो आफ्ना लागि ठूलो चुनौती भएको बताए । उनले आफ्नो लक्ष्य एसियन कपमा छनोट हुने रहेको बताए ।

- २२ चैत्र २०७७, आईतवार १४:३९ मा प्रकाशित