१ अंकले बढ्यो नेप्से, ४ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

१ अंकले बढ्यो नेप्से, ४ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

चैत २३, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १ अंकले बढेर नयाँ उचाइ कायम गरेको छ। यस दिनको कारोबारपछि परिसूचक २६५८ अंकमा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। हिजो मात्रै नेप्सेले नयाँ उचाइ बनाएको थियो।

यस दिन ७ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। रकमका आधारमा हिजोको तुलनामा कारोबार रकम खुम्चिएको छ। हिजो ९ अर्ब रुपैयाँको किनबेच भएको थियो।

यस दिन बैंकिङ ११, विकास बैंक १३, निर्जीवन बीमा १०६ र जीवन बीमा ३८ अंकले घटेका छन्। लगानी र फाइनान्स समूह १ अंकमुनि रातो रहे।

ब्यापार १३२, होटल तथा पर्यटन ११४, जलविद्युत ४६, उत्पादन २४, अन्य ३३, माइक्रोफाइनान्स ३४ अंकले बढेका छन्।

४ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।

- २३ चैत्र २०७७, सोमबार १५:३१ मा प्रकाशित