कोरोना संक्रमण बढ्दै जेठ असारमा उच्च विन्दुमा पुग्न सक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

कोरोना संक्रमण बढ्दै जेठ असारमा उच्च विन्दुमा पुग्न सक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

२३ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । आइतबार संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्छ ।’

यसअघि ५ कात्तिक महिनामा उच्च संक्रमित एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत थियो । भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताए ।

- २३ चैत्र २०७७, सोमबार १६:२८ मा प्रकाशित