हामी ४२ जिल्लामा बलियो छौं: माधव नेपाल

हामी ४२ जिल्लामा बलियो छौं: माधव नेपाल

चैत २४, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले ७७ मध्ये ४२ जिल्लामा आफूहरू बलियो भएको बताएका छन्।

यसैकारण अध्यक्षसमेत रहेका केपी शर्मा ओली आत्तिएको तर्क उनले अगाडि सारेका छन्।

केपी ओली आत्तिको कारण ४२ जिल्लामा माधव नेपाल पक्ष बलियो हुनु हो,’ एमाले बागमती प्रदेश कमिटीको बैठकमा मंगलबार नेता नेपालले भने, ‘अनि कसरी टिक्ने हामी कसैलाई काखा र कसैलाई पाखा गर्दैनौं। समान भावका साथ अगाडि बढ्छौं।’

उनले आफूहरूले गाली गलौजमा विश्वास नगर्ने पनि बताए। जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी गठन गरिने नेपालको भनाइ थियो।

- २४ चैत्र २०७७, मंगलवार १३:५६ मा प्रकाशित