सुन प्रतितोलामा ५०० रूपैयाँले वृद्धि

Bichar Desk 4
अर्थ
सुन प्रतितोलामा ५०० रूपैयाँले वृद्धि

२५ चैत, काठमाडौँ । आज ‍बजारमा छापावाला सुन प्रतितोला ५०० रूपैयाँले वृद्धि भई ८८ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८७ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज १० रूपैयाँले बढेर १२४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

- २५ चैत्र २०७७, बुधबार ११:३९ मा प्रकाशित