गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने

२४ चैत, पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका हुन् ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिने भएका छन् ।

- २५ चैत्र २०७७, बुधबार ११:५६ मा प्रकाशित