नेप्से परिसूचक २ दशमलव ८५ अंकले घट्यो

Bichar Desk 4
अर्थ
नेप्से परिसूचक २ दशमलव ८५ अंकले घट्यो

२५ चैत, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ । नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ दशमलव ६१ अंकमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.६२ अंकले बढेर ४ सय ७६ दशमलव ८० अंकमा रोकिएको छ । कारोबार रकम भने ७ अर्ब नाघ्यो ।

दिनभर भएका ७५ हजार २६५ कारोबारबाट २१५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ पुगेको छ । व्यापार समूह १६३ अंकले घटेको छ घने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको छ । उता बैंकिङ समूहको सबइन्डेक्स भने ५ दशमलव २३ अंकले बढेको छ भने होटल तथा पर्यटन २३२ दशमलव ६४ अंकले उकालो लागेको छ ।

- २५ चैत्र २०७७, बुधबार १५:४३ मा प्रकाशित