सिंगटी हाइड्रोको आईपीओ कुल २ लाख ६९ हजार ७ सय हात पारे

Bichar Desk 4
Breaking News, अर्थ
सिंगटी हाइड्रोको आईपीओ कुल २ लाख ६९ हजार ७ सय हात पारे

२७ चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो । आईपीओ कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले हात पारे ।

कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० ले आईपीओ पाएनन् ।

कम्पनीले दोलखामा २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आईपीओको नतिजा मेरो शेयर, सिडीएसले आईपीओ नतिजाको लागि तयार पारेको नयाँ वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।

- २७ चैत्र २०७७, शुक्रबार १४:४४ मा प्रकाशित