मलेसियाविरूद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मलेसियाविरूद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

वैशाख ९, काठमाडौं । मलेसियाबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। टस जितेको मलेसियाले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।

नेपालले प्लेइङ ११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले साहब आमल र अविनाश बोहरालाई विश्राम दिँदै कमलसिंह ऐरी र सुशान भारीलाई मौका दिएको छ ।
कमलको यो डेब्यू म्याच हो ।

नेपाल र नेदरल्यान्ड्स यसअघि नै सिरिजको फाइनलमा पुगिसकेकाले खेल प्रतिष्ठाको लडाइँको रुपमा रहेको छ।

- ९ बैशाख २०७८, बिहीबार १३:१२ मा प्रकाशित