आईपीएलमा आज बैंगलोर र राजस्थान भिड्दै

आईपीएलमा आज बैंगलोर र राजस्थान भिड्दै

वैशाख ९, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल मा आज रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स भिड्दै छन्।

मुम्बईको वानखडे क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

आईपीएलमा यो सिजन बैंगलोर अपराजित छ। बैंगलोरले तीन खेलमा नै जित हात पारेको छ भने राजस्थान भने तीन खेलमध्ये एकमा विजयी र दुईमा पराजित भएको थियो।

- ९ बैशाख २०७८, बिहीबार १३:३२ मा प्रकाशित