नेपालद्धारा मलेसियालाई २१८ रनको लक्ष्य

नेपालद्धारा मलेसियालाई २१८ रनको लक्ष्य

वैशाख ९, काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी(२० सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ।

त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको हो।

करन केसीले सानदार ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक टी(ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ।

डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

- ९ बैशाख २०७८, बिहीबार १५:१७ मा प्रकाशित