नेपालको सानदार जित

नेपालको सानदार जित

वैशाख ९ काठमाडौं । नेपालले मलेसियालाई फराकिलो अन्तरमा हराउँदै सानदार जित निकालेको छ।राजधानीमा जारी त्रिकोणात्मक टी(ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको राउन्ड रोविनको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले हराएको हो।

नेपालले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरको खेलमा १९।१ ओभरमा अलआउट हुँदै १४८ रनमा समेटियो।

मलेसियाका लागि अमिनुद्दिन राम्लीले सर्वाधिक ४१ रन बनाए। यस्तै कप्तान अहमद फैजले ३१ रन बनाउँदा फित्री साम १४ र विकेट विपर विरेनदीप सिंहले १३ रन जोडे। बाँकी खेलाडीले खासै रन बनाउन सकेनन्।

मलेसियालाई सस्तैमा रोक्न नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले ३((३ विकेट लिए। सुशन भारीले १ विकेट हात पारे।

- ९ बैशाख २०७८, बिहीबार १६:३७ मा प्रकाशित