नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंकमा सुधार

नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंकमा सुधार

१४ वैशाख, काठमाडौं । दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने उत्साह देखिएको छ । आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंक भन्दा धेरैले सुधार भएको छ ।

नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ शदमलव ४८ अंकले बढेको छ ।

- १४ बैशाख २०७८, मंगलवार १६:०३ मा प्रकाशित