राष्ट्रपतिद्वारा संसद बैठक आव्हान

राष्ट्रपतिद्वारा संसद बैठक आव्हान

वैशाख १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यहि बैशाख २७ गतेका लागि प्रतिनिधि सभाको बैठक आव्हान गरेकी छन् ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको विश्वासको मत छ भन्ने कुरा प्रष्ट पार्नका लागि प्रतिनिधि सभाको अधिवेशन आव्हान गरेकी हुन ।

संविधानको धारा १०० को उपधारा १० प्रतिनिधि सभाको अधिवेशन आव्हान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

- १९ बैशाख २०७८, आईतवार २०:२७ मा प्रकाशित