नागरिकहरुको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता हो: ओली

नागरिकहरुको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता हो: ओली

वैशाख २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८७ स्थानमा पीसिआर परीक्षणको व्यवस्था मिलाइएको बताएका छन् । कोरोना कहरको दोस्रो लहर महामारीको रुपमा फैलिएसँगै प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै कोरोनाको निशुल्क खोपहरुको व्यवस्था मिलाएको बताए ।

दक्षिण एसियामा भारतपछि नेपाल दोस्रो मुलुकहरुमा निशुल्क कोभिड खोप दिने मुलुक रहेको बताए ।

चीन, रुस लगायतका राष्टहरुसँग कोभ्याक्स खोप उपलब्धका लागि लागि परेको बताए ।नागरिकको जीवन रक्षा यो सरकारको पहिलो प्राथमिकाता हो। संघ प्रदेश र स्थानीय तहबीचको राम्रो समन्वय बनाएको बताए । उनले लकडाउन समेत थप कडाई हुने जनाएका छन् । स्थल मार्गबाट विदेशी नागरिकलाई रोक लगाएको समेत जनाएका छन् ।

अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने पनि उनले बताए । त्यस्तै स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने समेत बताएका छन् ।।

- २० बैशाख २०७८, सोमबार १७:२० मा प्रकाशित