नेपालमा थप ७,४४७ लाइ कोरोना संक्रमण, ३७ संक्रमितको मृत्यु

नेपालमा थप ७,४४७ लाइ कोरोना संक्रमण, ३७ संक्रमितको मृत्यु

वैशाख २०, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी ७, ४४८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

सोही अवधिमा थप २,०२१ जना सङ्क्रमणमुक्त भएपछि हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५४,०४१ रहेको मन्त्रालयको जनाएको छ ।

- २० बैशाख २०७८, सोमबार १८:०१ मा प्रकाशित