सुनको मूल्य लगातार दोस्रो दिन घट्यो

सुनको मूल्य लगातार दोस्रो दिन घट्यो

वैशाख ३०, काठमाडौं । नेपाली बजारमा आज लगातार दोस्रो दिन सुनको मूल्य घटेको छ। हिजो तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य आज फेरि प्रतितोला ४०० रुपैयाँले घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ।

यसैगरी, आज चाँदी प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।

- ३० बैशाख २०७८, बिहीबार ११:५३ मा प्रकाशित