केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको सपथ

केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको सपथ

वैशाख ३१, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको सपथ लिएका छन । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्।

यस अघि प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत प्राप्त गर्न नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ ग्रहण गरेका हुन् । विश्वासको मत गुमाएसँगै राष्ट्रपतिले दलहरुलाई बहुमतको सरकार बनाउन आग्रह गरेकी थिइन् ।

तर बहुमतको सरकार बन्न नसकेपछि राष्टपति भण्डारीले संसदमा ठूलो दलको हैसियतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पून प्रधानमन्त्रीको सपथ ग्रहण गराएकी हुन् । यो सपथसँगै सबैभन्दा बढी पटक प्रधानमन्त्री हुने कम्युनिषट नेताको रेकर्ड ओलीको खातामा परेको छ।

त्यस्तै ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् । मन्त्रीपरिमण्डलमा भने पुरानै मन्त्रीहरु दोहोरिएका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो ।

- ३१ बैशाख २०७८, शुक्रबार १५:५१ मा प्रकाशित