कोभिड १९ को खोप उपलब्ध गराईदिन प्रधानमन्त्रीद्वारा बेलायती समकक्षीसमक्ष आग्रह

कोभिड १९ को खोप उपलब्ध गराईदिन प्रधानमन्त्रीद्वारा बेलायती समकक्षीसमक्ष आग्रह

जेठ २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कोभिड–१९ महामारीविरुद्ध खोप सहायता उपलब्ध गराउन बेलायती समकक्षी बोरिस जोन्सनलाई आग्रह गरेका छन ।

बीबीसी विश्व सेवालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले बेलायतका लागि गोर्खाली सैनिकले गरेको योगदानको महत्व बुझेर पनि बेलायतले नेपाललाई खोप प्राथमिकतामा राख्नुपर्ने बताए ।

बेलायतसँग सदियौं पुरानो सम्बन्ध रहिआएकाले बेलायतले नेपाललाई सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नेपाल बेलायतको पुरानो मित्र भएको नाताले पनि आफूले सीधै आग्रह गरेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।

आफ्नो ज्यानलाई जोखिममा राख्दै गोर्खालीले बेलायतको सेवा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विपद्मा परेका नेपालीलाई बेलायतले सहायता दिने आशा व्यक्त गर्नुभयो ।

- २२ जेष्ठ २०७८, शनिबार ११:४३ मा प्रकाशित