ओलीले प्रचण्डका कारण एकता असफल भन्ने कुरा षड्यन्त्रपूर्ण छ: प्रचण्ड

ओलीले प्रचण्डका कारण एकता असफल भन्ने कुरा षड्यन्त्रपूर्ण छ: प्रचण्ड

जेठ २४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति प्रति खेद प्रकट गरेका छन् ।

अध्यक्ष प्रचण्डले ट्विट गर्दै भनेका छन, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ ।

त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु उनले भनेका छन । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६ बुँदै विज्ञप्ति जारी गर्दै प्रचण्डका कारण पार्टी एकता नभएको उल्लेख गरेका थिए ।

- २४ जेष्ठ २०७८, सोमबार १६:५२ मा प्रकाशित