माधव समूहद्वारा ओलीको एकता प्रस्ताव अस्वीकार

माधव समूहद्वारा ओलीको एकता प्रस्ताव अस्वीकार

जेठ २४, काठमाडौं । नेकपा एमाले माधव पक्षका नेताहरुले ओलीको एकता प्रस्ताव अस्वीकार गर्ने भएका छन्।पार्टी एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको कुनै पनि प्रस्ताव मान्य नहुने निष्कर्ष सहित ओलीसँग अनौपचारिक वार्तामा रहेका केही नेता बाहेकका माधव पक्षका सबै नेताहरुले प्रस्ताव अस्वीकार गर्ने निर्णय निकालेका हुन्।

उनिहरुकाका अनुसार ओलीले आफ्नो ६ बुँदे एकता प्रस्ताव ‘नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने र नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटी संरचना गतिशिल हुनेछन्’ भनेका छन्। ओलीले यस्तो प्रस्ताव राख्ने बित्तिकै जेठ २ अघिको अवस्थामा पुगेको मानिन्न।

ओलीले ‘मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभुतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशिल हुनेछन् भन्नु’ पनि उनी पार्टी एकता चाहँदैनन् भन्ने प्रस्ट भएको विद्रोही पक्षको निष्कर्ष छ।

अर्कोतिर संसद भंग गरेर अहिले मुलुकलाई चुनावमा धकल्नुपर्ने आवश्यता नै नभएको भन्दै महामारीमा उपचार नपाएर जनताले ज्यान गुमाएका र राहत प्याकेज सरकारबाट नपाएका बेला राज्यले ५० अर्बको चुनावको घोषणा गर्नु व्यवहारिक नभएको उनिहरुले बताए ।

कुनै पनि सिद्धान्त र पद्दति आफैले पालना नगरेको ओलीले ‘यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमिकमजोरीलाई लिएर कुनै पनि कारवाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन’ भन्नु आफैमा गलत भएको पनि उनिहरुले बताए ।

- २४ जेष्ठ २०७८, सोमबार १८:१४ मा प्रकाशित