आज थप ४ हजार ३४४ जनामा कोरोना पुष्टि

आज थप ४ हजार ३४४ जनामा कोरोना पुष्टि

जेठ २६, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस अवधिमा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको हो।

त्यस्तै यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मृतक ८१ जनामा कोरोना पुष्टि भएको छ। देशभर हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ।

- २६ जेष्ठ २०७८, बुधबार १७:०६ मा प्रकाशित