सभामुख सापकोटाले बोलाए शीर्ष नेताहरुको सर्वदलिय बैठक

सभामुख सापकोटाले बोलाए शीर्ष नेताहरुको सर्वदलिय बैठक

जेठ २७, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओली सहित संसदमा प्रतिनिधित्व गर्ने सवै दलका शीर्ष नेताहरुको सर्वदलिय बैठक बोलाएका छन् । उनले पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।

सभामुख सापकोटाले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाएका हुन् । सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेको संसद सचिवालयले जनाएको छ ।

- २७ जेष्ठ २०७८, बिहीबार ११:२५ मा प्रकाशित