नेपालमा आज तीन हजार ७ सय ४९ नयाँ संक्रमित थपिए

नेपालमा आज तीन हजार ७ सय ४९ नयाँ संक्रमित थपिए

जेठ २७, काठमाडौं । कोरोना भाइरसका तीन हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन्।

आज बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार २ सय ९३ छ।

यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५९ जनाको निधन भएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ।

- २७ जेष्ठ २०७८, बिहीबार १७:५८ मा प्रकाशित