नेपाली सेनालाई करिब २९ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाली सेनालाई करिब २९ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ २८ , काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई २८ करोड ८० लाख भन्दा बढी मुल्य बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ।

‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको स्वास्थ्य सामाग्री तथा उपकरण शुक्रबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्।

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पुर्‍याएको योगदानको सराहना गरे।

- २८ जेष्ठ २०७८, शुक्रबार १६:२५ मा प्रकाशित

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक