इटालीले दोस्रोपटक जित्यो युरोपक फूटबलको उपाधि

इटालीले दोस्रोपटक जित्यो युरोपक फूटबलको उपाधि

असार २८, काठमाडौं । इटालीले दोस्रो पटक युरोकप फूटबलको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटालीले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको खेल एकएक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो ।

अतिरिक्त समयमा समयमा पनि कुनै गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । त्यस्तै आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।

उता इंग्ल्याण्डका तर्फबाट ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । त्यस्तै मार्कस रास्फोर्डको प्रहार गोलपोष्टमा लागेर फर्कदा जाडोन साञ्चो र बाकुयो साकाको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले बचाएका थिए ।

- २८ असार २०७८, सोमबार १२:३४ मा प्रकाशित