ओलम्पिकमा सहभागी हुन जापान पुगेका दुई खेलाडीलाई कोरोना संक्रमण

ओलम्पिकमा सहभागी हुन जापान पुगेका दुई खेलाडीलाई कोरोना संक्रमण

३ साउन, काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी हुन जापान पुगेका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो ओलम्पिक आयोजकले आइतबार दुई खेलाडीको रिजल्ट पोजेटिभ आएको जनाएको हो । तर दुवै खेलाडी जापान बाहिरको भएको पनि जनाएको छ ।

उनीहरुको नाम र अन्य कुनै विवरण भने सार्वजनिक भएको छैन । यस्तै आयोजकले आइतबारै अर्का एक खेलाडीमा पनि कोरोना संक्रमण भएको जनाएको छ तर ती खेलाडी ओलम्पिक भिलेजभन्दा बाहिर बसेका हुन् । उनी पनि जापानभन्दा बाहिरको खेलाडी रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार १ जुलाई यता ओलम्पिकसँग जोडिएका ५५ खेलाडीको रिपोर्ट पोजेटिभ आएको छ । यसमा खेलाडी, प्रशिक्षणका लागि पुगेका खेलाडीहरु समेत रहेको आयोजकले जनाएको छ । टोकियो बेमा रहेको ओलम्पिक भिलेजमा करीब ११ हजार खेलाडी बस्छन् भने हजारौँको संख्यामा सपोर्ट स्टाफहरु समेत हुनेछन् ।

- ३ श्रावण २०७८, आईतवार ११:४८ मा प्रकाशित

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक