सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड

सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड

४ साउन, काठमाडौं । साताको दोस्रो दिन कारोबार खुल्ने बित्तिक्कै ५० अंकले बढेको बजारमा नेप्से परिसूचक तीन हजार ३२ अंकमा उक्लिएको थियो । यो अहिलेसम्मकै सवैभन्दा उच्च बिन्दू हो । यसअघि जेठ ३१ गते नेप्से परिसूचक तीन हजार २५ अंकमा पुगेको थियो । त्यसपछिका एक महिना १५२ अंकले घटेको बजारमा आइतबारदेखि तीव्र सुधार देखिएको छ ।

सोमबारको कारोबारमा नयाँ रेकर्ड कायम हुँदा बजारमा ५० करोड बढीको कारोबार भएको थियो । कारोबारमा आएका १३ उपसूचकमध्ये ११ वटा सूचकमा हरियाली छाएको छ ।

- ४ श्रावण २०७८, सोमबार १२:२२ मा प्रकाशित