प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

साउन ०५, काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसैगरी, आज तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम गरीएको छ।

- ५ श्रावण २०७८, मंगलवार ११:३६ मा प्रकाशित