कक्षा १२ को परीक्षा साउन ३१ बाट सुरू हुने

कक्षा १२ को परीक्षा साउन ३१ बाट सुरू हुने

साउन ०६, काठमाडौं । कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुने भएको छ ।
आज९ मंगलबार० बसेको बोर्ड बैठकले कोभिड– १९ बाट हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र होम सेन्टर कायम गरेको छ । देशभरमा चार हजार तीन सय १० परीक्षा केन्द्र कायम भएका छन् । यसअघि परीक्ष ासञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले सर्तसहित अनुमति दिएको थियो । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको हो ।

- ६ श्रावण २०७८, बुधबार १०:४२ मा प्रकाशित