प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए: प्रचण्ड

प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए: प्रचण्ड

साउन ०६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भएको बताएका छन् । उनले केपी ओली प्रति लक्षित हुँदै उक्त प्रतिक्रिया दिएका छन् ।

विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबैको एकतावद्ध पहलकदमी आवश्यक रहेको बताएका छन्। बुधबार मुस्लिम धर्मावलम्बीको ठूलो चाड बकर इद इदुल जोहा को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भएको बताएका छन्।

- ६ श्रावण २०७८, बुधबार ११:३९ मा प्रकाशित