घट्यो सुनको मूल्य

Bichar Desk 4
अर्थ
घट्यो सुनको मूल्य

६ साउन, काठमाडौं । आज सुनको मूल्य घटेको छ । प्रतितोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन भने प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा २० रूपैयाँले घटेर १ हजार २६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

- ६ श्रावण २०७८, बुधबार ११:५१ मा प्रकाशित