नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

साउन ०६, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको आज बुधबार दिउँसो १ बजे बानेश्वरमा स्थायी कमिटी बैठक बस्न लागेको छ।

यसअघि मंगलबार बानेश्वरमा भएको छलफलमा संसद जोगाउने एउटा कोर्ष सकिएकाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्न कोसिस गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।

आइतबार नेपालसहित २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। जसमध्ये ८ जना पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका थिए। नेपाल निकट मानिएका १० सांसदले भने बैठक बहिष्कार गरेका थिए।

- ६ श्रावण २०७८, बुधबार १३:१५ मा प्रकाशित