भीम रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदको आग्रह

भीम रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदको आग्रह

साउन ०६, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूले नेता भीम रावललाई सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । आज विहान रावलको निवास पुगेका मन्त्री तथा सांसदहरुले राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन ।

सुदूरपश्चिमको सक्रिय राजनीतिमा लागेको व्यक्ति संघीय संसदमा रहिरहनुपर्ने माग उनीहरुले रावल समक्ष राखेका हुन । रावलले भने आफुले राजीनमामा पार्टीलाई एक बनाउने उद्देश्यले दिएको भन्दै फिर्ता गर्ने पक्षमा नरहेको जवाफ दिएका छन ।

भेट्न प्रदेशकी कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्कालगायत १३ जना पुगेका थिए । वरिष्ठ नेता नेपाल समूहमै रहेता पनि अन्तिम अवस्थामा रावलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसद पदबाट राजीनामा दिएका थिए ।

- ६ श्रावण २०७८, बुधबार १४:१३ मा प्रकाशित