सरकारले फेरि राहत प्याकेज ल्याउछ : जनार्दन शर्मा

Bichar Desk 2
समाचार
सरकारले फेरि राहत प्याकेज ल्याउछ : जनार्दन शर्मा

साउन ०६, काठमाडौं । सरकारले कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले कोरानाबाट प्रत्यक्ष असर परेको अर्थतन्त्रलाई उकास्न सरकारले छिटै राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने बताएका छन् ।

नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेकोले बताउँदै अर्थमन्त्री शर्माले त्यसका लागि सरकारले आवश्यक सम्भावनाका विषयमा छलफल गरिरहेको बताए ।

- ६ श्रावण २०७८, बुधबार १५:१९ मा प्रकाशित