‘संसदमा सहयोग गर्नुभयो, अब सरकारमा पनि आउनुस्’: देउवा

‘संसदमा सहयोग गर्नुभयो, अब सरकारमा पनि आउनुस्’: देउवा

साउन ०६, काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल ९जसपा०का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

बुधबार बिहान आफ्नो मागबारे देउवालाई जानकारी गराउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरलाई देउवाले यस्तो आग्रह गरेका हुन् ।

सो क्रममा देउवाले विश्वासको मत दिएर सहयोग गरेकोमा धन्यवाद दिँदै सरकारमा पनि सहभागी भएर सहयोग पुर्याउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।

अध्यक्ष ठाकुरले आफूहरुको माग सम्बोधन गर्ने प्रकृया अगाडि बढाए मात्र सरकारमा आउने भनेको झाले बताए ।

- ६ श्रावण २०७८, बुधबार १५:२५ मा प्रकाशित