सन्दीप लामिछानेले होबार्टबाटै बिग बास लिग खेल्ने

सन्दीप लामिछानेले होबार्टबाटै बिग बास लिग खेल्ने

१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बासमा पनि अष्ट्रेलियन फ्रन्चाईज टिम होबार्टबाटनै खेल्ने भएका छन् । होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरेको जनाएको छ ।

होबार्टले पहिलो अन्तर्राष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरिएको जनाएको छ । सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् । बिग बासको नयाँ सिजन आगमी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तालिका रहेको छ ।

- १० भाद्र २०७८, बिहीबार ११:४२ मा प्रकाशित