स्नातक तहको चिकित्सा शिक्षा ‘म्याचिङ’ भोलिदेखि सुरु हुँदै

स्नातक तहको चिकित्सा शिक्षा ‘म्याचिङ’ भोलिदेखि सुरु हुँदै

१४ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहमा अध्ययनका लागि एकीकृत प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई मंगलबार (भोलि)देखि म्याचिङ सुरु गर्ने भएको हो ।

प्रवेश परीक्षामा प्राथमिकता क्रममा नाम निकालेका विद्यार्थीलाई भर्नामा प्राथमिकताका साथ शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्न आयोगले म्याचिङ प्रणाली सुरु गर्न लागेको हो । आयोगले म्याचिङ प्रणाली १५ भदौ बिहान १० बजे देखि सुरु गरी आगामी २० भदौसम्म जारी रहने बताएको छ । यता नर्सिङ तथा प्यारामेडिक्स अध्ययन गराउने निजी कलेजहरुले कोटाभन्दा कम संख्यामा विद्यार्थी उत्तीर्ण गराएको भन्दै आयोगलाई ताला चावी लगेर बुझाएको छ ।

- १४ भाद्र २०७८, सोमबार १२:०० मा प्रकाशित